शुक्रबार, मंसिर १२, २०८२

केन्याले नेपाललाई दियो १०२ रनको लक्ष्य

मेरोन्यूज २०७९ भदौ १३ गते १७:३२

काठमाडौँ । केन्यासँगको चौथो टी–२० खेलमा नेपालले १०२ रनको लक्ष्य पाएको छ । नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सबै विकेट गुमाउँदै १०१ रन बनाएको हो ।

केन्याका लागि लुकास ओलुचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स ओबुयाले २० र कप्तान शेम एनगोचेले १३ रन बनाए । अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

यता नेपालका लागि कप्तान सन्दीप लामिछाने पाँच विकेट लिए । उनले कोलिन्सलाई शाहबबाट क्याचआउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।

आदिल आलमले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । शाहब आलमले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । शाहब र सन्दीप मिलेर एक रनआउट गरे ।

एक ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले १० रन खर्चेर १ विकेट लिए । चार ओभर बलिङ गर्दा विकेटविहीन बनेका सोमपाल कामी र करण केसीले २३ रन खर्चिए ।

प्रतिक्रिया