केन्याले नेपाललाई दियो १०२ रनको लक्ष्य
मेरोन्यूज
२०७९ भदौ १३ गते १७:३२

काठमाडौँ । केन्यासँगको चौथो टी–२० खेलमा नेपालले १०२ रनको लक्ष्य पाएको छ । नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सबै विकेट गुमाउँदै १०१ रन बनाएको हो ।
केन्याका लागि लुकास ओलुचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स ओबुयाले २० र कप्तान शेम एनगोचेले १३ रन बनाए । अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
यता नेपालका लागि कप्तान सन्दीप लामिछाने पाँच विकेट लिए । उनले कोलिन्सलाई शाहबबाट क्याचआउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।
आदिल आलमले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । शाहब आलमले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । शाहब र सन्दीप मिलेर एक रनआउट गरे ।
एक ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले १० रन खर्चेर १ विकेट लिए । चार ओभर बलिङ गर्दा विकेटविहीन बनेका सोमपाल कामी र करण केसीले २३ रन खर्चिए ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया