मंगलबार, माघ ६, २०८२

अरनिको इन्टरनेशनल कलेजले आईटी केन्द्रित विद्यालय र कलेजमा आफूलाई स्थापित गर्ने

मेरोन्यूज २०७९ भदौ १३ गते १८:१६

काठमाडौँ । अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजले आज कलेज प्रांगणमा आयोजित एक भव्य समारोहमा चार ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

समझदारी पत्रले उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई गुणस्तरीय आईटी शिक्षा उपलब्ध गराउने उद्देश्य राखेको छ । जसले बजारमा काम गर्न सक्षम आईटी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

आईटी सेवा र डिजिटलाइजेशनको बढ्दो मागसँगै, विश्वव्यापी आईटी उद्योगमा दक्ष जनशक्तिको ठूलो अभाव छ। नेपाल तथा विदेशमा रहेका धेरै कम्पनीहरूले दक्ष जनशक्तिको अभावको सामना गरिरहेका छन् । भविष्यको मागलाई सम्बोधन गर्न उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई कार्य(योग्य आईटी सीपहरू उपलब्ध गराउने योजना बनाउन थालेका छन् ।

यस सम्बन्धमा विभिन्न कम्पनीहरूले अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजसँग आफ्नो शिक्षामा व्यवहारिक आईटी सीपहरू समावेश गरेर विद्यार्थीहरूलाई भविष्यको आवश्यकताको लागि तयार पार्ने उद्देश्यसाथ सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अरनिको इन्टरनेशनल एसएस एण्ड कलेज, जसले आफ्नो स्थापनाको ४९ औँ वर्ष मनाउँदै छ । आफ्नो स्कूल र कलेजमा व्यवहारिक आईटी सीपहरू प्रदान गर्दै आएको छ । यस सम्झौताबाट टेक्नोलोजी कम्पनीहरूबाट मद्दत लिँदै कलेजले आफ्ना शिक्षार्थीहरूलाई दक्ष जनशक्तिमा परिणत गर्न सक्नेछ ।

कार्यक्रमलाई अरनिकोका उपाध्यक्ष रमेश पराजुलीले औपचारिक स्वागत गर्नु भएको थियो । अतिथि र उपस्थितहरूलाई स्वागत गर्दै, उनले साझेदारहरूले आईटी शिक्षामा ल्याउने गुणस्तर वृद्धिको बारेमा विस्तार गरेका थिए । जसले गर्दा आफ्ना विद्यार्थीहरूलाई बजारको आवश्यकताहरू बुझ्ने र तदनुसार आफूलाई तयार गर्ने अवसर प्रदान गर्दछ ।

कार्यक्रममा आईटी साझेदारका प्रतिनिधिहरुले पनि सम्बोधन गरेका थिए । ट्रिलेफ टेक्नोलोजीका सीटीओ अशोक कुमार पन्तले विश्वव्यापी आईटी डायस्पोरामा नेपाली आईटी क्षेत्रको गुणस्तर सुधार गर्न यस्तो कार्यक्रमको आवश्यकतामा जोड दिए ।

त्यस्तै औफिक्नका कन्ट्री मनेजर सविन महर्जनले बजारमा गुणस्तरीय आईटी जनशक्तिको अभाव रहेकोमा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया