अरनिको इन्टरनेशनल कलेजले आईटी केन्द्रित विद्यालय र कलेजमा आफूलाई स्थापित गर्ने

काठमाडौँ । अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजले आज कलेज प्रांगणमा आयोजित एक भव्य समारोहमा चार ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
समझदारी पत्रले उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई गुणस्तरीय आईटी शिक्षा उपलब्ध गराउने उद्देश्य राखेको छ । जसले बजारमा काम गर्न सक्षम आईटी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।
आईटी सेवा र डिजिटलाइजेशनको बढ्दो मागसँगै, विश्वव्यापी आईटी उद्योगमा दक्ष जनशक्तिको ठूलो अभाव छ। नेपाल तथा विदेशमा रहेका धेरै कम्पनीहरूले दक्ष जनशक्तिको अभावको सामना गरिरहेका छन् । भविष्यको मागलाई सम्बोधन गर्न उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई कार्य(योग्य आईटी सीपहरू उपलब्ध गराउने योजना बनाउन थालेका छन् ।
यस सम्बन्धमा विभिन्न कम्पनीहरूले अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजसँग आफ्नो शिक्षामा व्यवहारिक आईटी सीपहरू समावेश गरेर विद्यार्थीहरूलाई भविष्यको आवश्यकताको लागि तयार पार्ने उद्देश्यसाथ सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अरनिको इन्टरनेशनल एसएस एण्ड कलेज, जसले आफ्नो स्थापनाको ४९ औँ वर्ष मनाउँदै छ । आफ्नो स्कूल र कलेजमा व्यवहारिक आईटी सीपहरू प्रदान गर्दै आएको छ । यस सम्झौताबाट टेक्नोलोजी कम्पनीहरूबाट मद्दत लिँदै कलेजले आफ्ना शिक्षार्थीहरूलाई दक्ष जनशक्तिमा परिणत गर्न सक्नेछ ।
कार्यक्रमलाई अरनिकोका उपाध्यक्ष रमेश पराजुलीले औपचारिक स्वागत गर्नु भएको थियो । अतिथि र उपस्थितहरूलाई स्वागत गर्दै, उनले साझेदारहरूले आईटी शिक्षामा ल्याउने गुणस्तर वृद्धिको बारेमा विस्तार गरेका थिए । जसले गर्दा आफ्ना विद्यार्थीहरूलाई बजारको आवश्यकताहरू बुझ्ने र तदनुसार आफूलाई तयार गर्ने अवसर प्रदान गर्दछ ।
कार्यक्रममा आईटी साझेदारका प्रतिनिधिहरुले पनि सम्बोधन गरेका थिए । ट्रिलेफ टेक्नोलोजीका सीटीओ अशोक कुमार पन्तले विश्वव्यापी आईटी डायस्पोरामा नेपाली आईटी क्षेत्रको गुणस्तर सुधार गर्न यस्तो कार्यक्रमको आवश्यकतामा जोड दिए ।
त्यस्तै औफिक्नका कन्ट्री मनेजर सविन महर्जनले बजारमा गुणस्तरीय आईटी जनशक्तिको अभाव रहेकोमा चिन्ता व्यक्त गरे ।















दराजले ल्यायाे ‘द रियल सेल’, ६० प्रतिशतसम्म छुटसँगै यस्ता छन् आकर्षक अफर
मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु
रास्वपाले भन्यो – नयाँ सरकार बन्न १० दिनजति लाग्छ
महोत्तरीबाट १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा
मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया