एन्फालाई ७ हजार अमेरिकन डलर जरिवाना

काठमाडौं / एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको छ।
कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उलङघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको हो ।
प्रतियोगिताका बेला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’ मा प्रवेश गरेको तथा लगातार दुई खेलमा पहेँलो कार्ड सामना गरेका अब्दुल्लाहको क्रियाकलापलाई लिएर एन्फालाई जरिवाना गराएको हो ।
‘प्रशिक्षका कारण एन्फालाई जरिवाना परेको हो, प्रशिक्षकले त्यस्तो काम गर्नु हुदैनथ्यो’ एन्फाको प्रवक्ता सुरेश शाहले न्युज कारखानासँग भने ।
आयोजक कुवेत र जोर्डनविरुद्ध लगातार पहेँलो कार्ड सामना गरेपछि अब्दुल्लाह तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध टेक्निकल एरियामा बस्न नपाउने भए पनि अब्दुल्लाहले सो नियम उलङघन गरेर ‘ड्रेसिङ रुम’ मा गएका थिए । एएफसीले नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाहले नियम उल्लंघन गरेको ठहर गरेको तथा सोही घटनालाई आधार मान्दै एएफसीले तीन महिनापछि एन्फालाई जरिवाना गर्ने निर्णय लिएको हो ।
सो घटना पछि एएफसीले एन्फालाई ६ हजार डलर तथा इन्डोनेसिया बिरुद्धको खेलको दोस्रो हाफमा खेल ढिला गराए पछि नेपालले थप एक हजार अमेरिकी डलर जरिवाना तिर्नु परेको छ ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया