नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ बाँधिए बिवाह बन्धनमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान एवं गोलकिपर किरणकुमार लिम्बु आज बिवाह बन्धनमा बाँधिदैछन् । प्रेमिका कञ्चन निरौलासग उनको आज बिवाह हुन लागेको हो । विवाह सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा हुँदै छ । किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटार पुग्ने छन् ।
गत असार २१ गते माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा किरणले लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए लगत्तै मैदानमा प्रेमिका कञ्चनलाई बिवाह प्रस्ताव गरेका थिए ।
उनी आबद्ध क्लब माजियाका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेर सबै सहकर्मीका अघि औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए।
यसअघि उनीहरूले सोमबार मेहेन्दी कार्यक्रम गरेका थिए।
कञ्चन पेशाले एयरहोस्टेस हुन्। केही वर्षदेखि उनीहरु प्रेममा रहँदै आएका थिए ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया