शुक्रबार, फागुन ८, २०८२

कांग्रेस नेताको फनपार्कमा बालेनको ताकेता : २४ घण्टाभित्र कर नतिरे शिलबन्दी गर्ने चेतावनी

मेरोन्यूज २०७९ भदौ १५ गते १५:५७

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रर्दशनी मार्गस्थित काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । महानगरका राजस्व विभाग प्रमुख डा। शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ, ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यैता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ।’

काठमाडौं फनपार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो । सामाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौापने र टेकबहादुर गुरुङसहित १४ जनाविरुद्ध यस अघि भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो ।

प्रतिक्रिया