ट्राफिक नियम उल्लंघन गरि फरार भएका ६३ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

काठमाडौं । विभिन्न ट्राफिक नियम उल्लंघन गरी फरार भएका ६३ ओटा दुईपाङ्गे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
सि.सि.टि.भिमा कैद भएको भिडियोका आधारमा लेन उल्लंघनमा ३१ जना, एकतर्फी सडकमा सो विपरीत सवारी साधन चलाएका २३ जना र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका ८ जना चालकलाई कारवाही गरिएको हो । यससंगै, यात्रु लिन नमानेको कसुरमा १ जना चालकलाई पनि कारवाही गरिएको छ ।
भदौ १ गते देखी १४ गते सम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ४ सय २० जना चालक मध्ये ट्राफिक प्रहरीले खोजि गरि ल्याएका आएका ९७ जना चालक मध्ये ६३ जनालाई कारवाही गरिएको हो ।
अन्य चालकहरु हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजि भईरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
सवारी नियम उल्लंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले विगतमा गरिरहेको सि.सि.टि.भि फुटेजको आधारमा खोजि गरि गर्ने कारवाहीलाई थप तिब्रता दिदै अगाडी बढाईएको प्रवक्ता भट्टले बताए ।
















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया