आइएमई र मुथुट फिनकर्पबीच सम्झौता

काठमाडौँ । इण्डो नेपाल करिडोरको रेमिटेन्स प्रवद्र्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट सीईओ साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका थिए ।
इण्डियामा बुधबार आयोजित उक्त कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
यस अवसरमा बोल्दै मुथुट फिनकर्प लिमिटेडका सीईओ साजी वर्गीसले भने, ‘हाम्रा ३६०० शाखामार्फत भारतमा बसोबास गर्ने र आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरूको घरदैलोमा सेवा प्रदान गर्ने यो एउटा विस्तारित कदम भएको विश्वास व्यक्त गर्नु भयो ।’
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले इण्डियामा आइएमईको पहुँच विस्तार भएको बताए । आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इण्डो नेपाल रेमिटेन्स सेवा विस्तारका लागि महत्त्वपूर्ण हुने धारणा राखे ।
यस अवसरमा बोल्दै आइएमईका गौतम नैथानीले भने, ‘मुथुट फिनकर्प लिमिटेडसँग हात मिलाउँदा इन्डो–नेपाल रेमिटेन्स सेवामा अर्को कोसेढुङ्गा थपिने छ, जहाँ ग्राहकहरूले दुवै कम्पनीको फराकिलो नेटवर्कबाट फाइदा लिन सक्ने छन्, यो साझेदारीले आफ्नो मेहनतको कमाइ नेपालका परिवारहरूलाई घर फर्काउनका लागि भरपर्दो र सुरक्षित प्लेटफर्म प्रदान गर्नेछ ।’
नेपाली आप्रवासीहरूले मुथुट फिनकर्प लिमिटेडको ३६०० भन्दा बढी शाखाहरू मध्ये कुनै पनि शाखाबाट नेपालमा रहेका आफ्ना परिवारलाई तत्काल पैसा पठाउन सक्नेछन ।
विशेष गरी नेपालको लागि, विप्रेषण आप्रवाह सन् २००२ देखि बढेको छ र हाल आप्रवाह हुँदै आएको रेमिटेन्सले नेपालको राष्ट्रिय ग्राहस्थ उत्पादनको औषतमा लगभग २३% योगदान गर्दछ ।
नेपालले पाएको कूल रेमिट्यान्सको १५ प्रतिशत भारतबाट आएको अनुमान छ । हरेक वर्ष धेरै नेपालीहरू मौसमी बसाइँसराइँ, पार्टटाइम जागिर र सरकारी जागिरलगायत विभिन्न पेशाका लागि भारत जाने गर्छन् । आइएमई सन् २००१ देखि रेमिटेन्स व्यवसायमा लागिरहेको छ । यो सुविधाबाट ५० लाख नेपाली आप्रवासी लाभान्वित हुने अपेक्षा गरिएको छ ।















प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया