सान्चोको निर्णायक गोलमा युनाइटेडको जित
मेरोन्यूज
२०७९ भदौ १७ गते ९:५०

काठमाडौं । जोडन सान्चोको निर्णायक गोलप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बुधबार राति लगातार तेस्रो जित निकालेको छ । लेस्टर सिटीमाथि १–० को जितसँगै युनाइटेड तालिकाको पाँचौ स्थानमा उक्लिएको हो । पहिलो दुई खेलमा हार बेहोर्दै प्रिमियर लिगको खराव सुरुवात गरेको युनाइटेडले त्यसपछिका तीनै खेलमा जित निकालेको छ ।
लेस्टरको मैदान किङ्ग पावर रंगशालामा २३औं मिनेटमा मार्कुस रासफोर्डको पासलाई सान्चोले पोष्टको दिशा दिएका थिए । यही गोल युनाइटेडको जितमा पर्याप्त बन्यो । युनाइटेडले पाँच खेलबाट ९ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको लेस्टर एक अंकसहित तालिकाको पुछारमा छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया