अमेरिकादेखि श्रीलंकाबाट पनि भित्रिन्छ साडी, एकै वर्षमा झण्डै चार अर्बको आयात

काठमाडौँ । नेपालमा एक वर्षमा पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी भित्रिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८-०७९ मा उक्त मूल्य बराबरको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको हो ।
सोही अवधिमा विभिन्न देशबाट नेपालमा तीन अर्ब ८५ करोड २९ लाख रुपैयाँको सारी, धोती र लुङ्गी भित्रिएको विभागले जनाएको छ । बेल्जियम, भुटान, चीन, फ्रान्स, भारत, इन्डोनेसिया, अमेरिका, जर्मनी, नेदरल्याण्ड्स, थाइल्याण्डलगायतका देशबाट नेपालमा सारी, धोती र लुङ्गी भित्रने गरेको छ ।
नेपालमा सबैभन्दा बढी सारी, धोती र लुङ्गी भारतबाट आउने गरेको छ । गत आर्थिक वर्ष मात्र भारतबाट तीन अर्ब ७५ करोड ८७ लाख ७ हजार रुपैयाँको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।
चालु आर्थिक वर्ष २०७९-८० को पहिलो महिना साउनमा विभिन्न देशबाट २० करोड ७९ लाख २८ हजार रुपैयाँको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको विभागले जनाएको छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया