आसिफको शतकमा नेपाल ७ विकेटले विजयी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेलमा जित हात पारेको छ । केन्याविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको हो ।
केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७.२ ओभर खेल्दै तीन विकेट गुमाएर भेट्टाएको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा केन्याले ४८.१ ओभर खेल्दै अल आउट भएको थियो ।
केन्याविरुद्ध शतक प्रहार गरेका आसिफ शेखले पहिलो विकेटका लागि अर्जुन साउदसँग मिलेर १४१ रनको साझेदारी गरे । आसिफले १०८ रन बनाएका थिए । साउद ३२ औँ ओभरमा ६१ रन बनाउँदै आउट भए । त्यसैगरी ज्ञानेद्र मल्ल २४ रन बनाएर आउट भए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट १५ र रोहित पौडेलले नटआउट ३ रन बनाएका थिए ।
नेपालका लागि सोमपाल कामी र करन केसीले ३–३ विकेट लिएका थिए । त्यसैगरी पवन सर्राफ र मोहम्मद आदिल अलामले १–१ विकेट लिए । केन्याका २ खेलाडी रन आउट भए ।
केन्याका लागि रकेप पटेलले ६७ रन बनाए । उनलाई आदिलले आउट गरे । कोलिन ओबुयाले ६३ रन बनाएका थिए । पटेलल र ओबुयाले पाँचौँ विकेटका लागि १ सय ३० रनको साझेदारी गरेका थिए । त्यसैगरी सचिन बुदिया पनि २६ रनमा आउट भए ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया