फलेनिमा दुई कोठे विद्यालय भवन निर्माण

लमजुङ । दोर्दी गाउँपालिका ८ बन्सारमा रहेको फलेनी माध्यमिक विद्यालयमा २ कोठे विद्यालय भवन निर्माण भएको छ । श्लिषा संस्थाको समन्वय तथा होल्ड चिल्डेन्स् सर्भिस संस्थाको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक रामजी श्रेष्ठका अनुसार होल्ड चिल्डेन्स् सर्भिस संस्थाको ३२ लाख ९९ हजार ६ सय ९८ रुपैयाँ र विद्यालयको १ लाख ५९ हजार ६ सय रुपैयाँ गरी ३४ लाख ५९ हजार २ सय ५८ रुपैयाँ भवन निर्माण गरिएको हो । जस्तापाता राखेर निर्माण गरिएको उक्त विद्यालय भवनमा बाल विकास कक्षा संचालन गर्ने विद्यालयले जनाएको छ ।
२ कोठ भवनमा शौचालय, बाथरुम समेत रहेको छ । विद्यालयका अनुसार बालबालिकाका लागि, खेलकुदका सामग्रीहरु समेत निर्माण गरिएको छ । हाल बालविकास कक्षामा २५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिकाले विकास र योजना निर्माण गर्दा शिक्षालाई प्रथामिकतामा राखी अघि बढेको बताए ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया