हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान
म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिनुभयो । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उहाँले बताउनुभयो छ ।
गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । प्रतिलिटर दूधमा रु दश त्यसैगरी गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटरमा रु १० अनुदान दिने निर्णय गरेको छ । दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनका अनुदान दिन लागेको जनाइएको छ । यसअघि गाउँपालिकाले प्रतिलिटर रु पाँच अनुदान दिँदैआएको थियो ।
सहकारी आबद्व भएका दुग्ध किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्यलाई पनि अघि बढाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले सुत्केरी, गरिब र विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।
सेवा लिनका लागि सम्बन्धित वडाबाट सिफारिस गर्नुपर्ने प्रावधान रहेको जनाइएको छ ।














एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
Two killed in separate accidents in Palpa and Udayapur
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया