इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद लम्बियो

काठमाडौं । इस्टर्न हाइड्रोपावरले आईपीओमा आवेदन दिन म्याद पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर २८ भदौसम्म पु¥याएको छ । कम्पनीले ७ भदौबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ बिक्री खुला गरिरहेको छ । कम्पनीले १ सयअंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यसले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आईपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।
यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।
इस्टर्नले हाल भोजपुर जिल्लाको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया