साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल १-० ले अगाडि
मेरोन्यूज
२०७९ भदौ २१ गते १८:४३

काठमाडौँ । घरेलु मैदान दशरथ रंगशालमा भएको साफ महिला च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा नेपाल भुटानविरुद्ध १–० अगाडि रहेको छ ।
राष्ट्रिय टिममा पुनरागमन गरेकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरेसँगै नेपाल १–० गोलले अग्रता बनाएको हो । सावित्राले खेलको १२ औँ मिनेटमा गोल गरेकी थिइन् ।
यस्तै, दशौँ मिनेटमा हिरा कसमारी भुजेलले बक्स बाहिरबाट हानेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । साफमा भुटान तुलानात्मक रुपमा कमजोर टिम हो ।
पहिलो हाफमा भुटानले गोल गर्ने एउटा अवसर गुर्माएको थियो । खेलको ३६ औँ मिनेटमा पुनम जर्घामगरले लुज गरेको बलमा भुटानकी कप्तान पेमा छोडेन छिरिङको क्रसमा सुनिता राईले पोष्टमा प्रहार गर्न नसक्दा बाहिरिएको हो ।
सम्बन्धित















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया