सोमबार, वैशाख १४, २०८३

क्रिक्रेटर सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको आरोप

मेरोन्यूज २०७९ भदौ २२ गते ६:३०

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध नावालिका बलत्कारको आरोप लागेको छ । उनले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।

Advertisement
NiccNicc

लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले लामिछानेविरुद्द उजुरी प्रहरीमा परेको पुष्टि गरेका छन्।

‘सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ। नाबालिगको उजुरी हो, यसबारे थप विवरण बुझन बाँकी छ,’ धानुकले भने,–‘उजुरी लगत्तै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ।’

लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको जाहेरीमा उल्लेख छ।

त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको आरोप लागेको हो ।

लामिछाने भदौ ६ गते टी २० सिरिज खेल्न केन्या गएका थिए।

केन्यामा पाँच खेलको टी २० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए। उनको अनुपस्थितिमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गरेका थिए।

प्रतिक्रिया