क्यानले बोलायो आकस्मिक बैठक, सन्दीपबारे निर्णय लिने

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जर्वबजस्ती करणीको आरोपमा प्रहरीमा उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले आकस्मिक बैठक बोलाएको छ। आजै दिउँसो बैठक बस्ने गरी क्यानले आकस्मिक बैठक बोलाएको हो ।
सन्दीपकै विषयलाई लिएर क्यान बैठक बस्न लागेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्द आजै धनगढीबाट काठमाडौं आउँदै छन् । चन्द काठमाडौं आएपछि क्यानको बैठक साँझ बस्नेछ । बैठकले आरोप कप्तान सन्दीपलाई दिएको जिम्मेवारीबाट हटाउन सक्नेछ ।
उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको थियो ।
बलात्कार भएको भनिएको स्थानमा क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ । होटलका कर्मचारीसँग पनि सोधपुछ थालेको छ ।
पिंगलास्थानको होटल काठमाडौं इनमा पीडितलाई योजनावद्ध रुपमा राखेर उनले दुई पटक बलात्कार गरेको आरोप लागेको छ । त्यसअघि आफूलाई नगरकोट लगेको पनि पीडितले प्रहरीमा उजुरी दिएकी छिन् ।
केटी बानेश्वरको एक होष्टेलमा बसेर १२ कक्षा अध्ययन गरिरहेकी थिइन् । उनी नुवाकोटकी हुन् । उनीहरुका वीचमा यस अगाडी पनि भेट भएको हुन सक्ने देखिएको छ ।
घटना भदौं ५ र ६ गतेको हो ।
सन्दीप ५ गते बन्द प्रशिक्षणमा थिएनन । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘टिम केन्या जानुभन्दा एक दिनअघि उपत्यकामा भएका खेलाडीलाई आफ्नो तयारी गरेर आउनू भनेर घर पठाएका थियौँ ।त्यही क्रममा उनी पनि बन्द प्रशिक्षणमा त्यस दिन थिएनन ।’
आरोप प्रमाणित नभएसम्म उनलाई दोषी ठहर गर्न नमिल्ने भए पनि नेपाल क्रिकेट संघ (क्यान) ले उनको कप्तानी तत्काललाई ‘निलम्बन’ मा राख्न सक्छ । क्यानका अध्यक्ष चतुरबहादुर संघले बसेर यस विषयमा निर्णय लिने बताए ।
‘‘सन्दीपको विषयमा आइरहेका समाचारहरुप्रति हामी जानकार छौं, आजै बैठक बसेर छलफल गर्छौं,’ उनले भने ।
















नेप्से परिसूचकमा सामान्य अङ्कको बृदी
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
न्याय माग्दै पीडितहरु महिला आयोगमा
‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी
बाग्मती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया