नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.९७ अंक (०.६१ प्रतिशत) ले गिरावट भएर १९३९.८८ अंकमा बन्द भएको छ । आइतबार सामान्य सुधार भएको नेप्से त्यसपछिको लगातार तीन दिनसम्म घटेको हो ।
नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि अर्बबाट तल झरेको छ ।
यो सातामा बुधबार दोस्रो दिन कारोबार रकम १ अर्बबाट तल झरेको हो । आइतबार १ अर्ब ७ करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर करिब ९१ करोडमा झरेको थियो । तर, मंगलबार पुनः बढेर १ अर्ब १९ करोड पुगे पनि बुधबार पुनः गिरावट भएको हो ।
बुधबार नेप्सेमा २९ लाख ४३ हजार ७२९ कित्ता सेयर किनबेच हुँदा ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ५ करोड १५ लाख ६० हजारको कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख २९ हजारको कारोबार भएको छ ।
बुधबार बजारमा कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा १४७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ३१ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । बुधबार कारोबार भएकामध्ये सनराइज फर्स्ट म्युचुअल फण्डको इकाइ मूल्य ७.७२ प्रतिशतले वृद्धि हुँदा अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ६.३८ प्रतिशत र लक्ष्मी उन्नती कोषको इकाइ मूल्य ५.१० प्रतिशतले बढेको छ ।
यता प्राइम डिवेञ्चर २०८८ को मुल्य ५.८८ प्रतिशतले गिरावट हुँदा उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ५.०९ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ४.४५ प्रतिशतले घटेको छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया