समता फुटबल प्रतियोगिता: नमस्ते सुपर खोटाङ यातायात प्रालिको विजयी सुरुवात

खोटाङ । खोटाङको दिक्तेलमा सुरु भएको समता फुटबल प्रतियोगितामा नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी सुरुवात गरेको छ । समता फुटबल क्लवको आयोजनामा शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सुरु गरिएको उद्घाटन खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पछि पार्दै नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी सुरुवात गरेको हो । नमस्ते सुपर खोटाङ यातायात प्रालिले २ गोल गर्दा नगरपालिकाले कुनै पनि गोल गर्न सकेनन् ।
आइतबार तीन वटा खेल हुने छन् । पहिलो खेल बिहान ११.३० बजेदेखि योङ व्वाइज फुटबल क्लव र खोटाङ सिमपानी क्लवबीच हुने समता फुटबल क्लव सचिव सुमन हिङमाङले बताए । यस्तै, दिउँसो १.३० बजेदेखि बाम्राङ फुटबल क्लव र नेर्पा स्पोर्टस् क्लव तथा ३.३० बजेदेखि इन्द्रेणी पोखरी सामाजिक विकास क्ल्व र युवा जागरण क्लवबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले प्रतियोगिता उद्घाटन गरेका थिए । प्रतियोगितामा जिल्लाका क्लव, वडा र संघसंस्था गरी १७ टिमको सहभागीता रहेको समता फुटबल क्लवका अध्यक्ष डिके दिनेशले जानकारी दिए ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५१ हजार १११, दोश्रो स्थान प्राप्त गर्ने टिमले २७ हजार ७७७ र तेश्रो स्थान प्राप्त गर्ने टिमले १२ हजार ५५५ रुपैयाँकाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सर्वाधिक गोलकर्तालाई नगद तीन हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डरलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया