श्रीलंकालाई ६-० गोलले हराउँदै नेपाल सेमिफाइनलमा
मेरोन्यूज
२०७९ भदौ २७ गते १९:३७

काठमाडौँ । नेपालले श्रीलंकलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिप समूह ‘बी’को अन्तिम खेलमा नेपालले श्रीलंकामाथि ६–० गोलले विजयी भएको हो ।
नेपाललाई जिताउन अमिसा कार्कीले २ गोल गरिन् भने रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक–एक गोल गरे ।
खेलको पहिलो हाफमै नेपाल ४–० ले अघि रहेको थियो । खेलको ७५ औँ मिनेटमा गोल गरेकी अमिसा कार्कीले दोश्रो हाफको इन्जुरी समयमा अर्को गोल थपिन् र खेल नेपालले ६(० ले जित्यो ।
नेपाल समूह विजेता बनेपछि यो समूहबाट भूटान उपविजेता बनेको छ । समूह ‘ए’बाट भारत र बंगलादेश सेमिफाइलनम पुगिसकेका छन् ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया