आइतबार, माघ ११, २०८२

३५ वर्षीय महिलालाई बलात्कार गर्ने २० वर्षीय युवक पक्राउ

मेरोन्यूज २०७९ भदौ २९ गते १५:०२

काठमाडौँ । झापाको विर्तामोठ नगरपालिका २ मा बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय डम्बर तिम्सिना रहेका छन् ।

तिम्सिनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनले ३५ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

दमकतर्फ जान हिँड्दै गरेकी महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया