छैटौं महिला साफ: नेपाल–भारत र बंगलादेश–भुटान भिड्दै
मेरोन्यूज
२०७९ भदौ ३१ गते ९:३२

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज शुक्रवार नेपालले भारतसँग प्रतिष्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल साँझ ५ः३० बजेबाट शुरु हुनेछ । समूह चरणमा नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो भने भारत समूह ’ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो ।
समूह ’बी’ को नेपालले २ खेलमा ६ अंक जोडेको थियो । समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३–० को हार व्यहोरेको थियो । यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेतासँग खेल्नेछन् । बंगलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजेबाट दशरथ रंगशालामा नै शुरु हुनेछ ।
सम्बन्धित
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया