सोमबार, फागुन ११, २०८२

कुमुद कुमार दुगड “प्रबल जनसेवाश्री” बाट सम्मानित

मेरोन्यूज २०७९ असोज ४ गते १२:३२

काठमाडौं । के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुद कुमार दुगडलाई “प्रबल जनसेवाश्री” पदकबाट विभुषित हुने भएका छन् । देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा उनले पु¥याउँदै आएको योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई “प्रबल जनसेवाश्री” पदकबाट विभुषित हुने भएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

दुगडको अग्रसरतामा कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्नेतर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पु¥याउँदै उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक–हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै स्थानीय कच्चा –पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आएका छन् ।

प्रतिक्रिया