जजिरा एयरवेजको कुवेत–चीन उडान सुरु

भैरहवा । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको जजिरा एयरवेजले कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको छ । चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई मध्यनजर गर्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको जनाइएको छ । उक्त कम्पनीले सोमबारदेखि कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको बताइएको छ । कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान गर्ने जनाएको छ । उक्त गन्तव्यका लागि कम्पनीले एयरवेस तीन सय २० नियो सिरिज जहाज प्रयोग गर्ने जनाएको छ ।
कम्पनीले गन्तव्य विस्तारका क्रममा गौतमबुद्ध विमानस्थलपछि चीन उडान सुरु गरेको हो । हाल यो कम्पनीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक नियमित उडान सेवा दिँदै आएको छ । उडान गन्तव्य विस्तारसँगै कम्पनीले दुई एयरबस तीन सय २० जहाज थप्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित रामचन्द्रनले जानकारी दिए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने जजिरा पहिलो कम्पनी हो । भैरहवाबाट उडान सुरु गरेको तीन महिनामा जजिराले करिब १२ हजार यात्रुलाई सेवा दिइसकेको विमानस्थल कार्यालयले जनाएको छ ।















चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
छ वर्ष कैद र रु २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
२६ अंकले घटेकाे बजारमा करिब १२ अर्बकाे सेयर काराेबार
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
प्रतिक्रिया