२६ अंकले घटेकाे बजारमा करिब १२ अर्बकाे सेयर काराेबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ०७ अंकले घटेर दुई हजार ७९८ दशमलव ८३ को बिन्दुमा कायम भएको हो । यो शून्य दशमलव ९२ प्रतिशतको गिरावट हो ।
आज ३४५ कम्पनीको तीन करोड सात लाख ९० हजार २११ कित्ता शेयर एक लाख दुई हजार ७५९ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव २५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ एक दशमलव ६१, विकास बैङ्क शून्य दशमलव ८४, वित्त शून्य दशमलव ७१, होटल तथा पर्यटन शून्य दशमलव २६, जलविद्युत् शून्य दशमलव ६१, लगानी एक दशमलव ५२ र जीवन बिमा समूह शून्य दशमलव ९४ प्रतिशतले घटेको छ । लघुवित्त शून्य दशमलव ९५, म्युचुअल फन्ड शून्य दशमलव ४६, निर्जीवन बिमा शून्य दशमलव ४५, व्यापार एक दशमलव ०९ र अन्य समूह एक दशमलव ०९ प्रतिशतले घटेको छ ।
सलपा विकास बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सिद्धार्थ इक्विटी फन्डको शेयर मूल्य चार दशमलव ३९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका रु ६८ करोड ७७ लाख २४ हजार ७६१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको २२ लाख ७२ हजार २४५ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।















२६ अंकले घटेकाे बजारमा करिब १२ अर्बकाे सेयर काराेबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न यातायात व्यवसायीकाे माग
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
भारतको एससीबी अस्पतालमा भएको आगलागीमा परी १० जनाको मृत्यु
सन नेपाल लाइफले गर्यो २०८३ सालको क्यालेन्डर लोकार्पण
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
प्रतिक्रिया