नेपालगञ्जमा उपभोक्ता सचेतना अभियान

नेपालगंञ्ज । दशैंको किनमेल स्वदेशमै गर्न नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले उपभोक्ता सचेतना अभियान सञ्चालन गरेको छ । सिमावर्ती भारतीय रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकलाई लक्षित गरी नेपालगञ्जमा उपभोक्ता सचेतना र अवैध आयात रोकथाम लगायतका अभियान सञ्चालन गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी वलीले जानकारी दिए ।
उनका अनुसार नेपालीका चाडपर्वमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउन सीमा क्षेत्रमा उपभोक्तालाई पर्चा पम्प्लेटका साथ सचेतना गराइने भएको छ । नेपालगञ्जमै गुणस्तरीय तथा सस्तो पाइने सामग्रीसमेत भारतीय बजारमा खरिद गर्न पुग्ने उपभोक्ताको धारणामा परिवर्तन ल्याउने गरी सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।
दसैंँको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित् छन् । बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् । सिमापारी भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको बाक्लो उपस्थितिले नेपालगञ्जका व्यापारीलाई वर्षौंदेखि पिरोल्दै आएको छ । सरकारी निकायको उदाससिनताका कारण नेपालगञ्जमा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ताहित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताए ।
“गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, भारतीय व्यापारीको तुलनामा नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्नु र रुपैडिहामा सस्तोमा पाइन्छ भन्ने भ्रम चिर्न नसक्नु कमजोरी हो”,उनले भने,“नेपालगञ्जका व्यापारीमा उपभोक्ता आकर्षण गर्ने व्यवहारिकता भन्दा पनि वस्तु तथा सेवा लाद्ने प्रवृति पनि हानिकारक रहेको छ ।” रासस















मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
छ वर्ष कैद र रु २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
२६ अंकले घटेकाे बजारमा करिब १२ अर्बकाे सेयर काराेबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न यातायात व्यवसायीकाे माग
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
प्रतिक्रिया