डिभी परेपछि भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने नौ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीय राधिका तामाङ र स्याङ्जा घर भई बसुन्धारा बस्ने ३८ वर्षीय सविता श्रेष्ठ छन्।
यस्तै अछाम घर भएका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापा घर भएका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाई र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन् । उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो । उनीहरूले सन् २०२१ मा डिभी भरेका थिए ।
डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया