भारतले अष्ट्रेलियालाई हरायो
मेरोन्यूज
२०७९ असोज ८ गते ८:२८

काठमाडौं । दोस्रो टी-२० खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएसँगै भारतले तीन टी-२० आइमा १-१ को बराबरी गरेको छ । नागपुरमा शुक्रबार राति वर्षाले खेल प्रभावित हुँदा ८ ओभरको खेलाइएको थियो । ९१ रनको लक्ष्य पछ्याएको भारतले ७।२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
भारतका कप्तान रोहित शर्माले सर्वाधिक ४६ रन बनाए । विराट कोहलीले ११ तथा केएल राहुलले १० रन बनाए अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनायो । अष्ट्रेलियाका म्याथ्यु वेडले सर्वाधिक ४३ रन बनाए । यस्तै, कप्तान आरोन फिन्चले ३१ रनको योगदान गरे । भारतका अक्षर पटेलले २ विकेट लिए । अन्तिम टी(२० आइतबार हुनेछ ।
सम्बन्धित
















इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया