क्यान्सरपीडितको सहयोगार्थ राजेशपायल र एकदेवले प्रस्तुति दिँदै
दमक । सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी–८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ आगामी असोज १० गते घटस्थापनाको दिन झापाको दमकमा ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ नामक कन्सर्ट हुने भएको छ । कदम थिएटर र शैली इन्टरटेनमेन्टको आयोजनामा हुने कन्सर्टमा गायक राजेशपायल राई र एकदेव लिम्बुको प्रस्तुति हुनेछ ।
कन्सर्टमा सुनिता संयक लिम्बू, ममता गुरुङ र निमा तामाङलगायतका कलाकारहरुको समेत प्रस्तुति रहनेछ । दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा आयोजना हुने कन्सर्ट बेलुकी ५ बजेदेखि सुरु हुनेछ ।
कन्सर्टमा डिभाइन वाइन, वाईवाई क्विक पिरो चाउचाउ, रुस्लान भोड्का, रेडब्लु इनर्जी ड्रिंक, इन्स्पायर इङ्लिस स्कूल, होटल स्वर्गलोक, होटल कामाक्षको सहयोग रहेको छ । कन्सर्टको टिकट मूल्य तीन सय रुपैंयाँ रहेको छ । कन्सर्टबाट उठेको सम्पूर्ण आम्दानी न्युनतम खर्च कटाएर क्यान्सरपीडित विशाल राईको उपचारमा खर्च गरिने आयोजकले जनाएका छन् ।
क्यान्सरपीडित विशाल राई बचाउ अभियान मूल समितिका संयोजक बलु राईका अनुसार विशाल राईको हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा अहिलेसम्म करिब १५ लाख रुपैंयाँ खर्च भैसकेको छ भने रगत ट्रन्सल्पान्टको लागि थप ३५ लाख लाग्ने अस्पतालबाट जानकारी आएको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया