क्यान्सरपीडितको सहयोगार्थ राजेशपायल र एकदेवले प्रस्तुति दिँदै
दमक । सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी–८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ आगामी असोज १० गते घटस्थापनाको दिन झापाको दमकमा ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ नामक कन्सर्ट हुने भएको छ । कदम थिएटर र शैली इन्टरटेनमेन्टको आयोजनामा हुने कन्सर्टमा गायक राजेशपायल राई र एकदेव लिम्बुको प्रस्तुति हुनेछ ।
कन्सर्टमा सुनिता संयक लिम्बू, ममता गुरुङ र निमा तामाङलगायतका कलाकारहरुको समेत प्रस्तुति रहनेछ । दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा आयोजना हुने कन्सर्ट बेलुकी ५ बजेदेखि सुरु हुनेछ ।
कन्सर्टमा डिभाइन वाइन, वाईवाई क्विक पिरो चाउचाउ, रुस्लान भोड्का, रेडब्लु इनर्जी ड्रिंक, इन्स्पायर इङ्लिस स्कूल, होटल स्वर्गलोक, होटल कामाक्षको सहयोग रहेको छ । कन्सर्टको टिकट मूल्य तीन सय रुपैंयाँ रहेको छ । कन्सर्टबाट उठेको सम्पूर्ण आम्दानी न्युनतम खर्च कटाएर क्यान्सरपीडित विशाल राईको उपचारमा खर्च गरिने आयोजकले जनाएका छन् ।
क्यान्सरपीडित विशाल राई बचाउ अभियान मूल समितिका संयोजक बलु राईका अनुसार विशाल राईको हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा अहिलेसम्म करिब १५ लाख रुपैंयाँ खर्च भैसकेको छ भने रगत ट्रन्सल्पान्टको लागि थप ३५ लाख लाग्ने अस्पतालबाट जानकारी आएको छ ।










आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया