एन्फा कार्यसमितिमा अधिकारी र धिमाल निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा बाँकी रहेको दुई सदस्य पदका लागि रुपेश अधिकारी र दीपेन्द्र धिमाल चुनिएका छन् ।
बुधवार त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना भएको विशेष साधारण सभाबाट अधिकारी र दीपेन्द्र चुनिएका हुन् । यससँगै एन्फमा २१ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ । यसअघि असार ६ गते सम्पन्न निर्वाचनमा चार सदस्य पदका प्रत्यसीको समान ३९ भोट आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन ।
त्यसपछि विशेष साधारण सभाको तयारीमा रहेका चार सदस्यका उम्मेदवारमध्येबाट टुङ्गो लगाउने निर्णय भएको थियो । सोही अनुसार बुधवारको विशेष साधारण सभाबाट अधिकारी र धिमाल विजयी भएको एन्फाका महासचिव किरण राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।
विजयी अधिकारी र धिमालले क्रमशः ५४ र ४७ मत प्राप्त गर्दा लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मतमात्र प्राप्त गरेका थिए । बुधवारकै विशेष साधारण सभाले २०७८ को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेको छ । साधारण सभाले फुटबल सञ्चालनका लागि दीर्घकालिन योजना सहित विभिन्न कार्यक्रमसहित फुटसललाई व्यवस्थित बनाउने, विभिन्न स्थानमा एकेडेमीका कार्यक्रमलाई सञ्चालनमा ल्याउने, एन्फाको आर्थिक कार्यविधि संशोधनसहित पारित समेत गरेको छ । साथै साधारण सभामा भौतिक पूर्वाधार निमार्ण, अनुशासन समिति सहित फुटसल लाइसेन्सिङ तथा सञ्चालन कार्यविधिलाई पनि पारित गरेको छ ।
एन्फाले मोफसलमा आयोजना हुने प्रतियोगिताका लागि सकेसम्म मिति नजुध्ने गरी तालिका बनाएको र खेलाडीलाई प्रतियोगिता अनुसार खेल्नसमेत आग्रह गरेको छ । सबैखाले प्रतियोगितामा सबै खेलाडीलाई उपस्थित नहुन भन्दै राम्रा खेलाडीलाई प्रतियोगिताको स्तर अनुसार सहभागित हुन आग्रह पनि गरेको छ ।
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया