‘डेंगु महामारी रोक्न सरकारले पटक्कै काम गरेन’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेंगुको महामारी नियन्त्रणमा सरकारले गरेको चित बुझदो काम नगरेको बताएका छन् ।
आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले सरकारको काम गरेको चित बुझदो नभएको बताएका हुन् । उनले डेंगु महामारी रोक्न सरकारले पटक्कै काम नगरेको भन्दै असन्तुष्टि पोखे । उनले भने ‘प्रधानमन्त्रीले तत्काल आपकालिन समिति बनाए डेंगु तुरुन्त कसरी घटाउने अस्पतालमा भएको चाप घटाउन सरकार लाग्नुपर्छ ।सरकार अरु काममा अल्झेर यो जिम्मेवारीबाट भाग्न हुँदैन ।सरकार कसैको हुदैन । सरकार जनताको हो । ’
‘यो पाँच सरकारको खेर गयो। हामी जहाँ पुग्ने हो त्यहा पुग्न सकिएन। गठबन्धन को कुरा छ। मनमा असन्तुष्टि छ छट्पटी छ किन ? अबको पाँच बर्ष पनि यस्तै हुने ?’ उनले प्रश्न गरे,’सरकार बदली गर्दा काम हुन्छ र यहाँ खै ?’
‘राजनितीको प्राथमिकतामा चुनाब सरकार बनाउने मात्रै भयो मुख्य कुरा पार्टी किन बनाएको आन्दोलन किन गरेको ? यत्रो लडेर ल्याको ब्यवस्था के भयो ? बदल्न गएको मान्छे बदल्ने कुरा छोडेर आफै बदलिन्छ’ उनले भने ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया