सोमबार, माघ १२, २०८२

विभिन्न जिल्लामा चार जनाको डुबेर मृत्यु

मेरोन्यूज २०७९ असोज १४ गते ११:४७


काठमाडौं । सिरहा, लहान नगरपालिका-१ बस्ने सोमन मण्डलको छोरा २ वर्षीय अध्यन मण्डलको खेतमा जमेको पानीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा अचानक डुबेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल लाहानतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोरङ, लेटाङ नगरपालिका-३ बस्ने १९ वर्षीय हिङमाङ भन्ने बिबेक दमाई सोही ठाउँस्थित पानीको पैनीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको शुभकामना मेडिकल लेटाङ हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दिया, बारबर्दिया नगरपालिका ९ खैरेनी बस्ने राम बहादुर थारुको छोरा १८ महिनाको रितेश थारुको घर नजिकै रहेको माछापोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । बाँके, कोहलपुर नगरपालिका-१४ हवल्दारपुर सिर्जना टोल बस्ने ६० वर्षीय भिम बहादुर थापाको आफ्नै घर नजिकै रहेको नालीमा डुबेर बिहीबार राति मृत्यु भएको छ ।

डुबेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया