वरिष्ठ गायक प्रमोद पाण्डेको निधन

काठमाडौं । मस्तिष्क क्यान्सरबाट पीडित वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । पाण्डेको हिजो ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित निवासमा निधन भएको हो ।
२०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र लोकगीत गाएका छन् ।
२०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो,’ बोलको गीत चर्चित थियो । कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर’ बोलको गीत र उनले प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिंड्ने’ बोलको लोक गीत पनि चर्चित थियो ।
उनले मधुमास बोलको एल्बम पनि निकालेका थिए । उक्त एल्बममा समावेश अन्जु पन्तसँग गाएको ‘त्यो मनमा फूलेको पिरतीको फूल कसको हो ?’ बोलको गीत स्रोताहरुले धेरै रुचाएको गीतमध्येमा पर्दछ ।
चलचित्र निर्देशक दयाराम दाहालको शब्द र संगीतमा उनले ‘बिर्सन खोज्छु तिमीलाई’बोलको गीत पनि रेकर्ड गराएका थिए ।










संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया