२३ पटक रिजेक्ट भएर २४औं पटकमा फाइनल भएको डीडीएलजेको त्यो गीत

मुम्बई । मनोरञ्जन जगतमा फिल्म र फिल्मसँग सम्बन्धित कलाकारसँग जोडिएका किस्सा तथा कथा लोकप्रिय छन् । भारतीय फिल्मको इतिहासमा सर्वाधिक लोकप्रिय र लामो समयसम्म फिल्म हलमा रिलिज भएको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ को एक किस्सा निकै रोचक छ ।
९० को दशकमा रिलिज भएको राज र सिमरनको यो प्रेमकथालाई सबै भारतीय दर्शकले मन पराएका थिए । शाहरुख खान र काजोलको यो शानदार केमिष्ट्री सजिएको फिल्मलाई भारतीय फिल्ममा अहिलेसम्मकै उत्कृष्ट रोमान्टिक फिल्मका रुपमा चित्रण गरिन्छ । यो फिल्म करिब २५ वर्षसम्मम फिल्म हलमा रिलिज भयो । कतिपय हलमा त अहिले पनि यो फिल्म प्रदर्शन भइरहेको छ ।
यो फिल्मको एक गीत ‘मेरे ख्वाबों में जो आए’ गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । काजोललाई चित्रण गरिएको यो गीतलाई गीतकार आनन्द बक्सीले लेखेका हुन् । यो गीत २३ पटक रिजेक्ट भएर २४औं पटक फाइनल भएको थियो ।
गीतकार बक्सी पटक पटक यो गीत लेखेर आदित्य चोपडालाई देखाउँथे, तर गीतको बोल मन नपरेको भन्दै चोपडाले हरेक पटक गीत अस्वीकार गर्थे । आनन्दले २३ पटक गीत देखाउँदै २३ पटक नै अस्वीकृत भएको थियो । २४ औं पटकमा भने बक्सीले गीतमा परिवर्तन गरेर आदित्यले गीतलाई फाइनल गरेका थिए ।
सन् १९९५ मा रिलिज यो फिल्ममा अमरीश पुरी, अनुपम खेर, फरीदा जलाल, करण जोहार, मन्दिरा वेदीजस्ता कलाकारको अभिनय थियो ।










राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया