२३ पटक रिजेक्ट भएर २४औं पटकमा फाइनल भएको डीडीएलजेको त्यो गीत

मुम्बई । मनोरञ्जन जगतमा फिल्म र फिल्मसँग सम्बन्धित कलाकारसँग जोडिएका किस्सा तथा कथा लोकप्रिय छन् । भारतीय फिल्मको इतिहासमा सर्वाधिक लोकप्रिय र लामो समयसम्म फिल्म हलमा रिलिज भएको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ को एक किस्सा निकै रोचक छ ।
९० को दशकमा रिलिज भएको राज र सिमरनको यो प्रेमकथालाई सबै भारतीय दर्शकले मन पराएका थिए । शाहरुख खान र काजोलको यो शानदार केमिष्ट्री सजिएको फिल्मलाई भारतीय फिल्ममा अहिलेसम्मकै उत्कृष्ट रोमान्टिक फिल्मका रुपमा चित्रण गरिन्छ । यो फिल्म करिब २५ वर्षसम्मम फिल्म हलमा रिलिज भयो । कतिपय हलमा त अहिले पनि यो फिल्म प्रदर्शन भइरहेको छ ।
यो फिल्मको एक गीत ‘मेरे ख्वाबों में जो आए’ गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । काजोललाई चित्रण गरिएको यो गीतलाई गीतकार आनन्द बक्सीले लेखेका हुन् । यो गीत २३ पटक रिजेक्ट भएर २४औं पटक फाइनल भएको थियो ।
गीतकार बक्सी पटक पटक यो गीत लेखेर आदित्य चोपडालाई देखाउँथे, तर गीतको बोल मन नपरेको भन्दै चोपडाले हरेक पटक गीत अस्वीकार गर्थे । आनन्दले २३ पटक गीत देखाउँदै २३ पटक नै अस्वीकृत भएको थियो । २४ औं पटकमा भने बक्सीले गीतमा परिवर्तन गरेर आदित्यले गीतलाई फाइनल गरेका थिए ।
सन् १९९५ मा रिलिज यो फिल्ममा अमरीश पुरी, अनुपम खेर, फरीदा जलाल, करण जोहार, मन्दिरा वेदीजस्ता कलाकारको अभिनय थियो ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया