कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै

काठमाडौं । सरकारले आगामी २ र ३ कात्तिकमा देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउँदै छ ।
राष्ट्रिय भिटामिन ए अभियान कार्यक्रम अन्तरगत ६ महिना देखि ५९ महिना उमेरका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ बर्ष उमेर समूहका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन लागिएको हो । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करीव २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाईने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा.विवेक कुमार लालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी भिटामिन ए कार्यक्रमबारे जानकारी गराएका छन् । उनले कार्यक्रम सञ्चालनका लागि सहयोग तथा प्रचार प्रसारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिदिन समेत अनुरोध गरेका छन् ।
महाशाखाले अभियान बारे प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत जानकारी गराईसकेको बताएको छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया