ग्वाटेमाला र एल साल्भाडोरमा भीषण आँधी, २८ जनाको मृत्यु
काठमाडौँ । भीषण आँधीसँगैको वर्षाले ग्वाटेमाला र एल साल्भाडोरमा २८ जनाको मृत्यु भएको छ । जुलिया आँधी केही साम्य भए पनि मुसलधारे वर्षा र आँधीको परिणाम स्वरुप ती हताहती भएका अधिकारीहरूले बताएका छन् ।
ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्ता भेरापाज प्रान्तमा पहाडको ढिस्कोमा परेर पाँच जनाको ज्यान गएको तथा मेक्सिको नजिकैको हुहुतेनाङ्गो प्रान्तमा उद्धारमा खटिएका एक जना सैनिकसहित नौ जनाको मृत्यु भएको बताएको छ ।
एल साल्भाडोरको कोमासागुवा शहरमा एउटा घरको पर्खाल भत्किँदा पाँच जना सैनिक जवानको ज्यान गएको, पूर्वी एल साल्भाडोरको ग्वाटाजियागुवामा भारी वर्षाका कारण अर्को घरको पर्खाल भत्किँदा दुई जना, रूख ढलेर किच्दा एक जना, नदीको बाढीले बगाउँदा अर्का एक जनाको मत्यु भएको एल साल्भाडोरका अधिकारीहरूले बताएका छन् ।
एल साल्भाडोरका नदीहरू किनाराभन्दा धेरै माथि एवम् फिजारिएर खतराको तहमा बग्न थालेपछि सरकारले आपत्कालीन अवस्था घोषणा गर्दै ८० भन्दा बढी स्थानमा आँधी आश्रयस्थल स्थापना गरेको छ ।
















विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया