मकरको मन हर्षित हुने कस्तो छ तपाईको राशिफल ?

आजको पात्रो २७ असोज २०७९, विहीबार । तद्नुसार अक्टुबर महिनाको १३ तारिक २०२२ । कार्तिककृष्णपक्ष चर्तुर्थी, बब करण, कृत्तिका नक्षत्र, सिद्धि योग, चन्द्रमा बृष राशिमा रहेको छ । आजको देवता गणेश र ग्रहदेव मंगल रहेको छ । विहीबारको दिन अध्ययन, अध्यापन र अनुसन्धानको कार्यमा लागि राम्रो दिन हो । आज विहान सूर्योदय ०६ः०२ मा सूर्यास्त ५ः३७ मा हुनेछ । विहान ११ः२८ देखि १२ः१४ सम्मको समय अभिजित महूर्त रहेको छ । यो समयमा आजको शुभ समय मानिन्छ । विहीबारको दिन ललितपुरको मंगलामुखी दर्शन गर्ने चलन रहेको छ । आज दिउसो १ः१८ देखि २ः४४ सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य र यात्राको शुरुवात गर्नु हुँदैन ।
यस्तो छ आजको राशिफल:
मेष
मेष राशिका जातकका लागि आज सामाजिक र धार्मिक कार्यबाट मानसम्मान मिल्नेछ । आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा उर्जा थपिने छ । तपाईले आजको दिन शुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ । तपाईलाई गुरुजनको आशीर्वादको कार्यसफलता मिल्नेछ ।
वृष
तपाईलाई आजको दिन आकस्मिक धनलाभ हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन देवीको मन्दिर यात्रा गर्नुहोला । मौन रहनु उत्तम हुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयका दर्शन गर्नुहोला ।
मिथुन
घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर गरिएको हरेक काम सफलता मिल्नेछ । आज तपाईको मनमा खुसियाली छाउने छ ।
कर्कट
व्यापार ब्यबसायमा नयाँ लगानी गर्दा फाइदा हुन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको सल्लाह अनुसारक काम गर्दा तपाईलाई फाइदा हुनेछ । कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा हुनेछ ।
सिंह
सिंह राशिका जातकले हरेक विहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुने काम नगर्न होला । आजका दिन व्रत गर्नु निकै उत्तम हुनेछ ।
कन्या
आजको दिन यात्राको लागि अवसर र नयाँ कार्ययोजना बन्नेछ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । कुमारी कन्यालाई खाना र बस्त्र दान दिनुभयो भने राम्रो हुनेछ ।
तुला
आजको दिन सोचअनुसार काम हुनेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । विहान सूर्योदयको दर्शन गर्नु राम्रो हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनहरुबाट समेत सहयोग हुनेछ । कुनै शिवालय वा देवालयमा गएर असक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ । आकस्मिक धन प्राप्ति समेत हुनेछ ।
वृश्चिक
आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गरेका तपाईकको अधुरा कामहरु पुरा हुनेछन् । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आजको दिनशुरु गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला । विवाद हुने काम नगर्नुहोला ।
धनु
परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । परिवारबाट असहयोग हुनसक्छ त्यसैले कसैको साथ नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।
मकर
आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन तपाईको अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ । अध्ययनमा समय विताउनुभयो भने उर्जा थपिने छ । नभए गुरुजनको आशीर्वाद सुन्नुहोला ।
कुम्भ
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काम गर्न इच्छा जाग्नेछ । यात्राको लागि अवसर आउने छ । धार्मिक तीर्थस्थलीको यात्राले तपाईको मनोइच्छा पूरा हुनेछ ।
मीन
विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । मीन राशिका व्यक्तिका लागि विहीबार विशेष दिन हो । आजको दिन व्रत गर्नु उत्तम हुनेछ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया