सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी हान्ने ८ जना पक्राउ
काठमाडौँ । काठमाडौँको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी गत असोज २५ गते सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जनालाई ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
काठमाडौं महानगर २६ गल्कोपाखास्थित हनुमान चोक नजिकै एक समूहले दुई जना बाउन्सरमाथि धारिलो हतियार, इँटा, बियर बोतल लगायतले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए । फरार भएका ८ जनालाई काठमाडौँ प्रहरीको अनुसन्धानमा प्रक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले बताए ।
उनले पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर बस्ने जीवन तामाङ, दोर्जे शेर्पा, विनोद तामाङ, विकास श्रेष्ठ, राजेन्द्र खत्री, प्रदीप तामाङ र दीपेन लामा रहेको बताए । उनले मोटरसाइकल भाडामा दिने चाबहिल बस्ने २६ वर्षीय करण डंगोललाई पनि पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्ने दोलखाको सैलुङ गाउँपालिका २ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका जोरपाटी बस्ने वर्ष ३३ को जीवन तामाङ, सिन्धुपाल्चोक बाह्रबीसे ८ घर भई हाल गोकर्णेश्वर बस्ने वर्ष २७ को दोर्जे शेर्पा, बालक गाउँपालिका–२ का वर्ष २९ को विनोद तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का वर्ष २८ को विकास श्रेष्ठ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० का बेल बहादर खत्री रहेको बताए ।
उनले दोलखाको मेलुङ गाउँपालिका–३ का २९ वर्षीय प्रदीप तामाङ, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–४ का दीपेन लामा, मेलम्ची नगरपालिका–१० का २९ वर्षीय राजेन्द्र खत्री, कोशी गाउँपालिका–८ का ३२ वर्षीय दीपेन लामा र चाबहिलका २६ वर्षीय करण डंगोल पक्राउ गरेको बताए ।
उनले पक्राउ पर्नेहरुको साथबाट खुकुरी थान–३, प्र ३००२–०१० प ३७६५ नं को एनएस मोटरसाइकल, प्र३०२–०११ प ४६४७ नं को २२० सीसीको पल्सर मोटरसाइकल, घटना स्थलमा फेला परेका ईंट्टा र च्यातिएर रक्तामे भएका कपडालगायत सामग्री बरामद भएको बताए ।















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया