सोमबार, माघ १२, २०८२

२५ लाख बैंकिङ कसुरमा भारतका शर्मा पक्राउ

मेरोन्यूज २०७९ असोज २७ गते २०:५०

काठमाडौँ । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीन भवनबाट खटिएको टोलीले बैकिङ कसुर मुद्दामा फरार भारत हरियाना घर भई काठमाडौँ महानगर १२ बस्ने ४४ वर्षीय शशी शर्मालाई पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख जरिवाना ठहर भएपछि फरार शर्मालाई आज चन्द्रागिरि नगरपालिका १५ सतुङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया