मंगलबार, माघ १३, २०८२

अपहरणपछि हत्या गरी लोबेडभित्र शव, तीन जना पक्राउ

मेरोन्यूज २०७९ असोज २८ गते १८:२५

काठमाडौँ । सिरहा जिल्लाको गोलबजार नगरपालिका ३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरी हत्यामा संलग्न अभियोगमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका ६ बस्ने १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका ५ बस्ने २६ वर्षीय मनोज कार्की र धनुषा कमला नगरपालिका ६ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

अपहरणपश्चात फिरौतीको रकम लिन विराटनगर महानगर ९ माछापुच्छ्रे बैंक पुगेका ती १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अंशुको हत्या गरी विराटनगर महानगर ११ स्थित गेष्ट हाउसको कोठामा लोबेडभित्र तन्नामा पोको पारी शव राखेको थप अनुसन्धानको क्रममा खुल्न आएपछि घटनामा संलग्न राकेश र मनोजलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया