ह्यारी पोटरका रुबियस हेग्रिडको निधन
काठमाडौँ । हलिउडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’मा ‘रुबियस हेग्रिड’को भूमिकामा अभिनय गर्ने अभिनेता रोबी कोलट्रनको निधन भएको छ । उनले ७२ वर्षको उमेरमा अन्तिम श्वास फेरेका हुन् ।
रोबी ब्रिटिश सिरिज ‘क्रेकर’मा गरेको उत्कृष्ट अभिनयका लागि पनि लोकप्रिय थिए । उनको जन्म ३० मार्च १९५० मा स्कटल्याण्डको ग्लासगोमा भएको थियो । उनको वास्तविक नाम एन्थोनी रोबर्ट मेकमिलन थियो ।
आफ्नो पढाई पूरा गरेपछि जब रोबीले अभिनयमा आफ्नो पाइला चाले, सुरुवाती दिनमा उनले निकै संघर्ष गर्नुपरेको थियो । अभिनयमा खासै सफलता नपाएपछि उनी क्लबमा स्टेण्ड अप कमेडी गर्न सक्रिय थिए ।
उनले आफ्नो अभिनय करियरको सूरुवात टेलिभिजन सिरियलबाट गरेका थिए । फिल्ममा आउनुअघि उनले ‘फ्लेश गार्डन,’ ‘ब्लेकएडर’ र ‘कीप इट इन द फेमिली’ जस्ता शोमा काम गरेका थिए । यसबाहेक उनी ‘ए किक अप द एइटीज’, ‘द कमिक स्ट्रिप’ र ‘अल्फ्रेस्को’ जस्ता कमेडी शोमा पनि देखिएका थिए ।
सन् १९९३ र २००६ को बीच प्रसारण भएको जिमी मेकगवर्नको क्रेकर सिरिजमा रोबी एक असामाजिक आपराधिक मनोवैज्ञानिकको भूमिकामा देखिएका थिए । तर उनले बढी चर्चा ‘ह्यारी पोटर’को भूमिकाबाट पाए ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया