मंगलबार, माघ १३, २०८२

हेटौँडाबाट चाँदीको गहनासहित एक जना पक्राउ

मेरोन्यूज २०७९ असोज ३० गते १८:०९

हेटौँडा । मकवानपुर प्रहरीले करिब २० किलो चाँदीको तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा अवैध ढंगबाट हेटौँडा ल्याइदै गरेको १९ किलो ८४५ ग्राम चाँदीबाट बनेको गरगहनासहित हेटौँडा १४ बाट लालबाबु शाहलाई नियन्त्रणमा लिएको हो ।

बिरगञ्जबाट हेटौँडा आउँदै गरेका शाहालाई हेटौँडा १४ स्थित ड्राइभर डाँडाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रदेश ०२-०३-०१८ प ८२४८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा उनको साथबाट अवैध गहना बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया