वीर अस्पतालको दन्त र प्याथोलोजी विभागमा सेवा बिस्तार

काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा दाँत विभाग र प्याथोलोजी विभागको सेवा बिस्तार भएको छ। दाँत विभाग अन्तर्गत इन्डो र र प्रोस्थो डोन्टिक्स विभागमा डेन्टल माइक्रोस्कोप, डेन्टल ल्याब र डेन्टल कुर्सीहरु थपिएको छ। प्याथोलोजी विभाग अन्तर्गत फ्लोसाइटोमेट्री र आईएचसी सेवाको पनि बिस्तार भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल आईतबार यी दुबै विभागको सेवा बिस्तार गरिएको ब्लकमा पुगेर उद्घाटन गरे । बिस्तार भएका सेवातर्फ दाँत विभागको इण्डो विभागमा दाँत भर्ने लगाएतका कामहरू हुन्छन् भने प्रोस्थोमा कृतिम दाँत, आँखा, नाक र मुख सम्बन्धि उपचार हुन्छ। उक्त विभागहरूमा १७ वटा नयाँ डेन्टल कुर्सीहरु थपिएको छ।
दाँत सम्बन्धी समस्याको लागि बिरामीहरुले लगभग डेढ दुई वर्ष पालो कुर्नुपर्ने बाध्यतालाई कम गर्न सेवा विस्तार गरिएको अस्पतालका निमित्त प्रमुख डा. भुपेन्द्र बस्नेतले बताए।‘दाँत विभागमा अहिले पनि करीब डेढ वर्ष पालो पर्खनुपर्ने बाध्याता थियो । त्यसलाई न्युनिकरण गर्न यो सेवा विस्तार गरिएको हो । अझै दाँत विभागमा ओपीडी र अप्रेसन थियटरको सेवा पनि विस्तार गर्ने गृहकार्य गरिरहेका छौँ। साथै, यो विभागमा नर्सहरुको कमि छ त्यसलाई पनि सम्बोधन गर्ने छौँ,’ उनले भने।
दाँत विभागमा हप्ताको ६ दिन नै ओपीडी र ओटी सेवा संचालन गर्न काम भईरहेको समेत उनले बताए।
त्यस्तै दाँत विभागकी विभाग प्रमुख डा. शैली प्रधानले सेवा विस्तार हुनाले बिरामीले समयमा उपचार पाउन सजिलो हुने बताएकी छन्।
















आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया