वीर अस्पतालको दन्त र प्याथोलोजी विभागमा सेवा बिस्तार

काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा दाँत विभाग र प्याथोलोजी विभागको सेवा बिस्तार भएको छ। दाँत विभाग अन्तर्गत इन्डो र र प्रोस्थो डोन्टिक्स विभागमा डेन्टल माइक्रोस्कोप, डेन्टल ल्याब र डेन्टल कुर्सीहरु थपिएको छ। प्याथोलोजी विभाग अन्तर्गत फ्लोसाइटोमेट्री र आईएचसी सेवाको पनि बिस्तार भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल आईतबार यी दुबै विभागको सेवा बिस्तार गरिएको ब्लकमा पुगेर उद्घाटन गरे । बिस्तार भएका सेवातर्फ दाँत विभागको इण्डो विभागमा दाँत भर्ने लगाएतका कामहरू हुन्छन् भने प्रोस्थोमा कृतिम दाँत, आँखा, नाक र मुख सम्बन्धि उपचार हुन्छ। उक्त विभागहरूमा १७ वटा नयाँ डेन्टल कुर्सीहरु थपिएको छ।
दाँत सम्बन्धी समस्याको लागि बिरामीहरुले लगभग डेढ दुई वर्ष पालो कुर्नुपर्ने बाध्यतालाई कम गर्न सेवा विस्तार गरिएको अस्पतालका निमित्त प्रमुख डा. भुपेन्द्र बस्नेतले बताए।‘दाँत विभागमा अहिले पनि करीब डेढ वर्ष पालो पर्खनुपर्ने बाध्याता थियो । त्यसलाई न्युनिकरण गर्न यो सेवा विस्तार गरिएको हो । अझै दाँत विभागमा ओपीडी र अप्रेसन थियटरको सेवा पनि विस्तार गर्ने गृहकार्य गरिरहेका छौँ। साथै, यो विभागमा नर्सहरुको कमि छ त्यसलाई पनि सम्बोधन गर्ने छौँ,’ उनले भने।
दाँत विभागमा हप्ताको ६ दिन नै ओपीडी र ओटी सेवा संचालन गर्न काम भईरहेको समेत उनले बताए।
त्यस्तै दाँत विभागकी विभाग प्रमुख डा. शैली प्रधानले सेवा विस्तार हुनाले बिरामीले समयमा उपचार पाउन सजिलो हुने बताएकी छन्।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिक्रिया