सोमालियाको आतङ्कवादी हमलाको निन्दा
काठमाडौँ । आठ सदस्यीय पूर्वी अफ्रिकी समूह (आईजीएडी)ले सोमालियाको राजधानीमा भएको घातक आतङ्कवादी हमलाको निन्दा गरेको छ ।
सोमालियाको शिक्षा मन्त्रालयको भवनमा शनिबार भएको दुई कार बम विस्फोटमा कम्तीमा एक सय जनाको मृत्यु हुनुका साथै तीन सयभन्दा बढी घाइते भएका छन् ।
आतङ्कवादी हमलाबाट ज्यान गुमाएका परिवारजनप्रति गहिरो दुःख व्यक्त गर्दै समूहले जघन्य अपराधको कडा शब्दमा निन्दा गरेको छ । समूहले सोमालिया सरकार, त्यहाँका जनता र शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
अल–कायदासँग सम्बन्धित अल–शबाब चरमपन्थी समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।
सोमालियाका राष्ट्रपति र सुरक्षा अधिकारीलगायत सङ्घीय सदस्य राष्ट्रका नेता अल–शबाबविरुद्ध चलिरहेको आक्रामक कारवाहीबारे छलफल गर्न बैठक गरिरहेका बेला कार बम विस्फोट भएको थियो ।











छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया