पिएम कपः लगातार दोस्रो जितको दाउमा पुलिस

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज ९सोमबार० दुई खेलहरु हुँदैछन् ।
कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीको प्रतियोगितामा पहिलो खेल हो ।
यस्तै, मुलपानी क्रिकेट मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश एकबीच प्रतिस्पर्धा हुनेछ । पुलिस प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहलो खेलमा पुलिसले बागमती प्रदेशलाई १ सय ९२ रनले पराजित गरेको थियो । दुबै खेल विहान सवा ९ बजे सुरु हुनेछ ।
समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेका छन् । दश टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख प्राप्त गर्नेछन् ।
















इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया