विभिन्न अभियोगमा जेल जीवन विताएका रुसीलाई युक्रेन युद्धमा परिचालन गरिने
काठमाडौं । रुसले लागू औषधसहित विभिन्न अभियोगमा जेल परेर छुटेका व्यक्तिहरुलाई कानुनमा परिवर्तन गरेर युक्रेनमा लड्न अनुमति दिइएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनल गम्भीर अपराधमा दोषी ठहरपछि जेल जीवत विताएर छुटेका पुरुषहरूलाई युक्रेन युद्धमा परिचालन गर्न लागेका हुन् । बालबालिका विरुद्धको यौन अपराध वा आतंकवादको अभियोगमा सजाय पाएका पूर्व कैदीलाई भने सेवाबाट बञ्चित गरिने भएको छ ।
रुसी सेनाले युद्ध अपराधहरू गरेका र सर्वसाधारण मारिएका युक्रेनसम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले सेप्टेम्बरमा रिपोर्ट गरेको थियो । रिपोर्टअनुसार केही सैनिकले लिंगमा आधारित हिंसा गरेका थिए ।
युक्रेन आफैंले रुसी सेनाद्वारा हजारौं सम्भावित युद्ध अपराधहरू पहिचान गरेको बताएको छ। रुसले जानाजानी नागरिकमाथि आक्रमण गरेको अस्वीकार गर्दै युक्रेनी सेनाले देशको पृथकतावादी–नियन्त्रित क्षेत्रहरूमा नागरिकहरूलाई तोपखानाले निशाना बनाएको आरोप लगाएको छ, जसलाई किभले अस्वीकार गरेको छ । एजेन्सी
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया