इमरान खानका समर्थक इस्लामाबादको सडकमा, ट्राफिक व्यवस्था अस्तव्यस्त

इस्लामाबाद / पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको एक दिन पछि उनका समर्थकारीहरू सडकमा उत्रिर ट्राफिक व्यवस्थालाई अस्तव्यस्त बनाएका छन् । इस्लामाबाद प्रहरीले उनीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरेको छ ।
इस्लामावाद प्रहरीले ट्विटरमा भनेको छ, ‘प्रदर्शनकारीहरूले ट्राफिकलाई बन्धक बनाएका छन्। प्रदर्शनकारीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरिएको छ। रावलपिंडी प्रशासनलाई रावलपिंडीको तर्फबाट ढुङ्गा प्रहार रोक्न बारम्बार अनुरोध गरिएको छ ।’
इमरानलाई बिहीबार साँझ वजिराबादको अल्लाहवाला चोकमा पुग्दा गोली प्रहार गरिएको थियो । कन्टेनरमा रहेका खानको खुट्टामा गोली प्रहार भएको थियो । पछिल्लो घटनाक्रममा पञ्जाब प्रहरीले गोलीबारीमा सात जना घाइते भएको र एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ। यसैबीच, खानले आफूलाई चार पटक गोली हानेको बताएका छन् ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया