जी २० को शिखर सम्मेलनमा पुटिन सहभागी नहुने

किभ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को हप्ता इन्डोनेसियाको बालीमा हुने जी २० नेताहरूको शिखर सम्मेलनमा सहभागी नहुने इन्डोनेसियास्थित मस्कोको दूतावासले जनाएको छ ।
‘म पुष्टि गर्न सक्छु कि ९परराष्ट्र मन्त्री० सर्गेई लाभरोभले जी २० मा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । राष्ट्रपति पुटिनको कार्यक्रममा अझै काम भइरहेको छ, उनी भर्चुअल रूपमा भाग लिन सक्छन्’, दूतावासका प्रोटोकल प्रमुख युलिया टोमस्कायाले भने ।
शिखर सम्मेलनमा भाग लिने अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि पुटिनलाई बालीमा भेट्ने कुनै मनसाय नभएको बताएका थिए । उनले पुटिनलाई “युद्ध अपराधी“ भन्दै आएका छन् ।
मस्कोले आफ्नो युक्रेन अभियानमा घाटा भोगिरहेको र क्रेमलिनले नोभेम्बर १५ देखि १६ सम्म आयोजना हुने शिखर सम्मेलनमा पश्चिमी निन्दाबाट आफूलाई जोगाउने प्रयास गरिरहेको अनुमानबीच पछिल्लो निर्णय आएको हो ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया