विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्याली

काठमाडौं । विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्याली गरिएको छ । बिहीवार बिहान काठमाडौंको घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, महांकाल, जमल, त्रिचन्द्र क्याम्पस र रत्नपार्क परिक्रमा गरी विश्व विज्ञान दिवसको अवसरमा र्याली गरिएको हो ।
आज विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंसहित देशभर नै विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अबको एजेण्डा, विज्ञान, संस्कृति र रोजगारी भन्ने नारासहित यस वर्ष विश्व विज्ञान दिवस मनाइँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताए । उनले अहिले जलवायु परिवर्तनको कारण धेरै समस्याहरु सिर्जना भइरहेकाले यसबाट बच्न शतर्कता अपनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अहिले जलवायुको परिवर्तनले धेरै असर पुयाएको छ, यसबाट बच्नुपर्छ । हामीले विदेशीको सिको नगरी कन यहाँको रैथाने प्रवृत्ति के हो ? संस्कृति कसरी विज्ञानमय छ ? विज्ञान कसरी संस्कृतिमय छ त्यसको बारेमा बुझ्नुस् । रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर अघि बढ्नुस् ।’
त्यस्तै विश्व विज्ञान दिवसको अवसरमा आयोजित मार्च फर साइन्स कार्यक्रमलाई सम्बोधन गर्दै नास्टका पूर्व उपकुलपति प्रा.डा. जीवराज पोखरेलले अधिकांश राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणापत्रमा विज्ञानलाई आत्मसाथ गरेको र विज्ञानको लगानीलाई बढाउने प्रतिवद्धता जनाएकाले प्रतिज्ञाको परिपूर्ति गर्नेमा आशावादी रहेको बताए । उनले विज्ञानको क्षेत्रमा लगानी बढेपछि विज्ञानले नेपालमा पनि फड्को मार्ने बताए ।
विश्व विज्ञान दिवसको अवसरमा आयोजित मार्च फर साइन्समा विभिन्न संघ तथा शिक्षण संस्थाहरुको उपस्थिति रहेको थियो ।
















अजित पवारको विमान दुर्घटनामा निधन, सर्वत्र शोक
One dies in motorcycle accident
36 days to go for voting: Officers assigned for monitoring election code of conduct
सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति ?
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया