विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्याली

काठमाडौं । विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्याली गरिएको छ । बिहीवार बिहान काठमाडौंको घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, महांकाल, जमल, त्रिचन्द्र क्याम्पस र रत्नपार्क परिक्रमा गरी विश्व विज्ञान दिवसको अवसरमा र्याली गरिएको हो ।
आज विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंसहित देशभर नै विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अबको एजेण्डा, विज्ञान, संस्कृति र रोजगारी भन्ने नारासहित यस वर्ष विश्व विज्ञान दिवस मनाइँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताए । उनले अहिले जलवायु परिवर्तनको कारण धेरै समस्याहरु सिर्जना भइरहेकाले यसबाट बच्न शतर्कता अपनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अहिले जलवायुको परिवर्तनले धेरै असर पुयाएको छ, यसबाट बच्नुपर्छ । हामीले विदेशीको सिको नगरी कन यहाँको रैथाने प्रवृत्ति के हो ? संस्कृति कसरी विज्ञानमय छ ? विज्ञान कसरी संस्कृतिमय छ त्यसको बारेमा बुझ्नुस् । रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर अघि बढ्नुस् ।’
त्यस्तै विश्व विज्ञान दिवसको अवसरमा आयोजित मार्च फर साइन्स कार्यक्रमलाई सम्बोधन गर्दै नास्टका पूर्व उपकुलपति प्रा.डा. जीवराज पोखरेलले अधिकांश राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणापत्रमा विज्ञानलाई आत्मसाथ गरेको र विज्ञानको लगानीलाई बढाउने प्रतिवद्धता जनाएकाले प्रतिज्ञाको परिपूर्ति गर्नेमा आशावादी रहेको बताए । उनले विज्ञानको क्षेत्रमा लगानी बढेपछि विज्ञानले नेपालमा पनि फड्को मार्ने बताए ।
विश्व विज्ञान दिवसको अवसरमा आयोजित मार्च फर साइन्समा विभिन्न संघ तथा शिक्षण संस्थाहरुको उपस्थिति रहेको थियो ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया