डोटीका भूकम्प पीडितलाई अफ्रिकामा राहत जुट्दै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको डोटीलगायतका जिल्लामा बुधबार बिहान गएको भूकम्पबाट प्रभावितका लागि अफ्रिकामा राहत संकलन भएको छ । भूकम्पबाट मृत्यु हुने र भौतिक क्षति हुने परिवारको तत्काल राहत सहयोगका लागि अफ्रिकाका गैरआवासिय नेपालीले आर्थिक सहयोग जुटाउने अभियान थालेका हुन् ।
गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको पहलमा शुरु गरेको अभियानमा गैरआवासीय नेपाली संघ नाइजेरिया, रुपारेलिया फाउण्डेसन युगाण्डा र पदम एण्ड शान्ती भण्डारी फाउण्डेसन बोत्स्वानाले सहयोग गरेका छन् ।
युगाण्डाको सबैभन्दा ठूलो औद्योगिक घराना रुपारेलिया ग्रुपका अध्यक्ष तथा युगाण्डाका लागि नेपालका मानार्थ दूत डा. सुधीर रुपारेलियाले रुपारेलिया फाउन्डेसनमार्फत अमेरिकी डलर पाँच हजार, एनआरएनए नाइजेरियाले एक लाख नेपाली र बोत्स्वानास्थित पदम एण्ड शान्ती भण्डारी फाउन्डेसनले ५०१ अमेरिकी डलर सहयोगको प्रतिबद्धता गरेका छन् ।
थापाका अनुसार सहयोग संकलन यथाशीघ्र गरिने र धनगढीस्थित ह्य्मानिटी फाउन्डेसन नेपाल र टीकापुर सरोकार समुहको सहयोगमा पीडितलाई राहत हस्तान्तरण गरिने छ । सहयोग राशी पूरै स्थानीय निकायको उपस्थितिमा पीडितले पाउने छन् ।


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
प्रतिक्रिया