टिजिगले उत्पादन गरेको क्यान्सरको औषधि नेपालसहित भारतमा पनि प्रयोग हुन थाल्यो
वैद्य भन्छन् 'छिटै नै अफ्रिकी देशहरुमा निर्यात गछौं'

काठमाडौं । नेपालमा उत्पादित एन्टीक्यान्सरका औषधि नेपालसहित भारतका विभिन्न अस्पतालमा प्रयोग हुन थालेको छ। नेपालसहित भारतका विभिन्न अस्पतालमा उपचाररत बिरामीले सहज र सुलभ रुपमा प्रयोग गर्न थालेको औषधि उत्पादक कम्पनी टिजिग फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यले जानकारी दिए । टिजिगले करिब ९ महिना अघि देखि उत्पादन सुरु गरी बजार पठाउन थालेको औषधिहरु बिरामीले प्रयोग गर्न थालेको कम्पनीले जनाएको छ । उनले भारतको दिल्लीस्थित राजिवगान्धी क्यान्सर अस्पताल, मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईरहेका बिरामीहरुले पनि आधिकारिक रुपमा त्यहाँको औषधि नियमक निकायको स्वीकृतिमा टिजिगबाट उत्पादित क्यान्सर विरुद्धको औषधि उपभोग गरिरहेको बताए।
उनले टिजिग नेपाली औषधि उद्योगको क्षेत्रमा नयाँ भए पनि उपस्थिति भने भिन्न ढंगबाट भएको बताए । ‘हामी क्यान्सरको औषधि उत्पादन गर्ने चर्चित भारतीय कम्पनी एसपी एक्यूर ल्यावसंग प्रविधि हस्तान्तरण (टेक्नोलोजी ट्रान्सफर) गरी सञ्चालित हौँ ।’ वैद्यले भने ‘विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तरण सम्बन्धी निर्देशिका बमोजिम विदेशी कम्पनीको प्रविधि र लगानी भित्र्याउने यो नेपालकै पहिलो औषधि कम्पनी हो।’
टिजिगले उत्पादन गरेका यी रोगका औषधि बजारमा
टिजिगले फोक्सो, रगत, स्तन, पाठेघर, मस्तीष्क, ठुलो आन्द्रामा हुने क्यान्सर रोग विरुद्धका औषधिहरु उत्पादन गरिरहेको छ। हाल नेपाली बजारमा क्यान्सरका मुखबाट खाने ३४ प्रकारका मोलिक्युलबाट उत्पादन हुन सक्ने ५३ किसिमको औषधिको उत्पादन गर्नको लागि औषधि व्यवस्था विभागबाट अनुमति पाई सकेको छ। यीमध्ये १४ प्रकारका मोलिक्युलबाट उत्पादिन २३ किसिमका औषधिहरुको लागि औषधि व्यवस्था विभागले बिक्रि वितरण अनुमति दिईसकेको छ।
कार्यकारी निर्देशक वैद्यले क्यान्सर रोगको उपचारमा नेपालमै रहेका बिरामीका लागि चिकित्सकले पेस्क्राइब गर्न थालेका समेत जानकारी दिए ।
उनले भने, यस कम्पनीबाट उत्पादित औषधि निकट भविस्यमा अफ्रिकी देशहरुमा निर्यात गर्न लागेको छौं ।
अहिले टिजिगले बिक्रिवितरण अनुमति पाएकामध्ये ५ प्रकार मोलिक्युलका ७ किसिमका औषधिहरु मात्र नेपालमा बिक्रि वितरण गर्न पाएको छ।
टिजिगले मुख्य सरोकारवालाहरुको मागलाई ध्यान दिएर अहिले औषधि व्यवस्था विभागमा यी औषधिहरु नेपालमा पनि बिक्रिवितरण गर्न विभागसँग अनुमति लिनका लागि निवेदन पेश गरिसकेको छ। विभागले पनि यो विषयमा आफू सकारात्मक रहेको जनाएको छ। कम्पनीले भविष्यमा अन्य धेरै प्रकारका क्यान्सर विरुद्धका औषधिहरु बजारमा ल्याउने तयारीमा रहेको पनि कार्यकारी निर्देशक वैद्यले बताए।
नेपालमा क्यान्सरको उपचार गर्ने संस्था (अस्पताल)हरुले पछिल्लो दश वर्षमा निकै धेरै स्थापना भई सञ्चालनमा आएका छन्।
नेपालमा विभिन्न अस्पतालमा क्यान्सरको उपचार हुदै आएको छ ।
‘वर्ल्ड बुक अफ रेकर्ड’ नेपाल च्याप्टरले नेपालमै पहिलो पटक क्यान्सरको औषधि उत्पादन गरी देश र जनताको लागि अमूल्य योगदान गरेको भन्दै निर्देशक वैद्यलाई सम्मान गरेको थियो । वैद्यलाई मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले सम्मान गरेकी थिईन् ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया